दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल मार्फत काठमाडौँ ल्याइँदैछ
काठमाडौं । तींकुनेमा प्रदर्शन गर्दा भारतीय ट्रकमा आगजनी गरी चालकको मृत्युको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइँदैछ। झापाको काँकडभिट्टा नाकामा प्रसाईंका समर्थकहरू जम्मा भएका छन्। सुरक्षा विश्लेषणका आधारमा, काँकडभिट्टामा अवरोध हुनसक्ने भएकाले उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने तयारी गरिएको छ।
चैत १५ मा, प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो। यस प्रदर्शनमा पूर्वराजाका समर्थकहरूले पनि सहभागिता जनाएका थिए। प्रसाईं त्यसपछि भारत भागेका थिए र सामाजिक सञ्जालमा आफू नेपालमै रहेको तर लुकेर बसेको बताएका थिए। उनी आसामस्थित एक कांग्रेसी नेताका घरमा लुकेर बसेका थिए। प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।









