image
image
‘खुसीको मिटर’ सार्वजनिक ,​बजाज

‘खुसीको मिटर’ सार्वजनिक ,​बजाज

काठमाडौँ । ​बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा 'खुसीको मिटर' अभियान सार्वजनिक गरेको छ। यस अभियानले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ। ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन्।​

अभियानका मुख्य आकर्षणहरू यसप्रकार छन्:

  • डिजिटल गेम: बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्। उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ।​

  • इन–स्टोर डिजिटल अनुभव: अभियानको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि सोरूममा नै खेल्न पाउनेछन्। यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको 'खुसीको मिटर' रोकेर रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन्।​

यस अभियानले बजाजका ग्राहकहरूको खुशी र सन्तुष्टि बढाउने उद्देश्य राख्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।