राष्ट्रिय हर्टिकल्चर एक्स्पो २०८१
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो सुरु भएको छ। यो प्रदर्शनी ३१ गतेसम्म सञ्चालन हुनेछ।
नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित यस एक्स्पोमा पुष्प, फलफूल, कृषि वन र जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। साथै, मलखाद, अर्गानिक र रासायनिक विषादी, बिउ विजन, गमला, औजार उपकरण र प्रविधिहरूसमेत प्रदर्शनमा छन्।
एक्स्पोमा ७४ वटा व्यवसायिक स्टल, चार वटा फुड स्टल र सात वटा अफिसियल स्टल गरी जम्मा ८५ स्टल रहेका छन्। प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ। आयोजकले कम्तीमा ५१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने र १ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेका छन्।









