ट्याक्टर दुर्घटनामा चालकको मृत्यु :इलाम
काठमाडौँ । इलामको सदरमुकामस्थित जिरो किलो क्षेत्रमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले जानकारी दिए।
मृतकको पहिचान खुलाउन प्रयास भइरहेको उनले बताए। प्रारम्भिक अनुसन्धानमा पार्किङ गरेर राखेको ट्याक्टर चोरी गरेर चलाउँदा दुर्घटना भएको आशंका गरिएको छ, तर यसबारे यकिन गर्न ट्याक्टर मालिकसँग बुझ्न बाँकी रहेको एसपी कोइरालाले बताए।









