अध्यक्ष कर्णबहादुर भण्डारीको शव फेला
काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष कर्णबहादुर भण्डारी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
करिब ५० वर्षका भण्डारी बुधबार मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार घटनास्थलमा चार जनाको प्रहरी टोली पठाइएको छ र थप अनुसन्धान भइरहेको छ।









