हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु : जानकी गाउँपालिका-५
काठमाडौँ । कैलाली जिल्लाको जानकी गाउँपालिका-५ अमौरास्थित सडकमा यात्रुबाहक हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार, सु.प.प्र.०१-००१ ज १५९८ नम्बरको हाइसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।
घाइते भएकी ४४ वर्षीया हरू बडुवाललाई टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस दुर्घटनामा घाइते भएका साइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।









