किशोरीमाथि जबरजस्ती करणी
काठमाडौँ । मकवानपुर जिल्लामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय किशोर पक्राउ परेका छन्।
थाहा नगरपालिका-३ शिखरकोटका एलोन विष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।









