image
image
धरानको पानबारीस्थित जंगलमा एक महिलाको शव फेला

धरानको पानबारीस्थित जंगलमा एक महिलाको शव फेला

काठमाडौँ । ​धरानको पानबारीस्थित जंगलमा एक अधबैँसे महिलाको शव फेला परेको छ। अन्दाजी ३५–४० वर्ष उमेर भएकी ती महिलाको पहिचान अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूले बताएका छन्।​

शव पानबारीको लिम्बुचौरीदेखि केही तलको जंगलमा नाङ्गो अवस्थामा फेला परेको हो। महिलाको शरीरको माथिल्लो भागमा लुगा लगाएको देखिए पनि घाँटीमा कालो कपडाले बाँधेर रुखमा लगेर बाँधिएको अवस्थामा थियो। यसबाट स्थानीयहरूले उनलाई बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।​

घटनाको अनुसन्धान भइरहेको र शवको पहिचानका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।