image
image
लागुऔषधसहित तीन जना पक्राउ :सतुंगल

लागुऔषधसहित तीन जना पक्राउ :सतुंगल

काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ्ग–८ का ४५ वर्षीय अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ का ३० वर्षीय सन्दीप सिंह र काठमाडौँ महानगरपालिका–८ का ३३ वर्षीय आसिक सिंह रहेका छन्।​

उनीहरूलाई बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज हुँदै काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार अवस्थामा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट डाईजोपाम, नोफिन र फेनारगन जस्ता लागुऔषधहरू बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।