image
image
मोटरसाइकलका विभिन्न भागमा लागूऔषध लुकाएर तस्करी गर्ने नेपाली युवक पक्राउ ,भारत

मोटरसाइकलका विभिन्न भागमा लागूऔषध लुकाएर तस्करी गर्ने नेपाली युवक पक्राउ ,भारत

काठमाडौँ । ​नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने क्रममा मोटरसाइकलको इन्धन ट्याङ्कीभित्र गाँजा लुकाएर लैजाँदै गरेका रौतहटका मुकेश साह भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा पक्राउ परेका छन्। सीमावर्ती भारतीय गाउँ पीठवा छेउ रहेको पिलर संख्या ३५६–४ नजिकै मंगलबार साँझ साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सीसीको पल्सर मोटरसाइकल चढेर भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।  सीमाक्षेत्रको गतिविधि निगरानी राख्दै आएका भारतीय सुरक्षा बल र स्थानीय प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ गर्दा मोटरसाइकलको ट्याङ्कीभित्र ४ किलो ३०० ग्राम गाँजा फेला परेको थियो। यसअघि पनि मुकेश साहले यस्तै तरिकामा गाँजा तस्करी गर्दै आएको स्वीकार गरेका छन्। पक्राउ परेका साहलाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।