नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने क्षेत्रको सडक दैनिक रूपमा चार घण्टा बन्द
काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जानकारी आएको छ।
सडक निर्माण आयोजना कार्यालयका सूचना अधिकारी शिव खनालका अनुसार, आजदेखि चैत ३१ गतेसम्म दाउन्ने खण्डमा बिहान ११:०० देखि अपराह्न ३:00 बजेसम्म सडक बन्द हुनेछ। वैशाख १ गतेदेखि भने राति ११:00 देखि बिहान ५:00 बजेसम्म सडक बन्द गर्ने व्यवस्था गरिएको छ।









