गरिबीलाई सबै अधिकारहरूको आधारभूत अवरोधको रूप : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभालाई सम्बोधन गर्दै गरिबीको अन्त्य नगरी अरु अधिकारको कुनै अर्थ नहुने बताएका छन्। उनले मधेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता र सद्भावलाई उच्च मूल्याङ्कन गर्दै यहाँका नागरिकको योगदानको प्रशंसा गरे।
प्रदेशको स्वायत्तताको सही उपयोग गर्दै सङ्घ, प्रदेश र स्थानीय तह बीच समन्वय बढाउनुपर्नेमा जोड दिँदै, मधेशको विकास र समृद्धिका लागि विभिन्न पूर्वाधार परियोजनाहरूको महत्व उल्लेख गरे। यस क्रममा उनले जनकपुरमा रेल सेवा सञ्चालनको उदाहरण दिँदै, रचनात्मक सोचका साथ सरकार र प्रतिपक्षलाई मिलेर काम गर्न आह्वान गरे।









