तीनकुने विरोध प्रदर्शनमा संलग्न रहेको आरोपमा दिलबहादुर श्रेष्ठ पक्राउ
काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले शाही युवा शक्तिका सदस्य दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ। उनी सामाखुसीबाट पक्राउ परेका हुन्।
यसअघि, सोही घटनामा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई पनि पक्राउ गरिएको थियो। तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ पर्नेहरूको संख्या ७४ पुगेको छ।









