image
image
​नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ३२ वर्षको इतिहासमा पहिलो पटक आफ्नै भवनमा स्थापना

​नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ३२ वर्षको इतिहासमा पहिलो पटक आफ्नै भवनमा स्थापना

काठमाडौँ । ​नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (एनएफईआरए) ले आफ्नो ३२ वर्षको इतिहासमा पहिलो पटक काठमाडौंको सिफलमा आफ्नै भवनमा कार्यालय स्थापना गरेको छ।

चार करोड ५३ लाख रुपैयाँमा खरिद गरिएको चारतल्ले भवनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गरेका छन्। उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले यस भवनले व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन र समाजको भलाइका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा यस्तो उपलब्धि हासिल गर्न पाउँदा गर्व महसुस भएको बताए।

भवन खरिदमा मेनपावर व्यवसायीहरू र संघ संस्थाहरूको आर्थिक सहयोग रहेको र 'द रिभर ओभरसिज प्रालि' ले एक्लैले १४ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन्। संघ स्थापना भएको ३२ वर्षसम्म भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।