image
image
​नागढुङ्गामा लागूऔषध ट्रामाडोलसहित एकजना पक्राउ

​नागढुङ्गामा लागूऔषध ट्रामाडोलसहित एकजना पक्राउ

काठमाडौँ ।​ ​ काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित नागढुंगाबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित महोत्तरीको गौशाला घर भएका २७ वर्षीय सविन कुमार महतोलाई पक्राउ गरेको छ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.प्र. ००१–०६ ख ५६९२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा महतोको झोलाबाट १९,२०० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए। महतोविरुद्ध प्रहरी वृत्त थानकोटले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।