image
image
राप्रपाका नेता र कार्यकर्ताहरू बल्खु चोकमा भेला हुन थाले

राप्रपाका नेता र कार्यकर्ताहरू बल्खु चोकमा भेला हुन थाले

काठमाडौँ । ​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता र कार्यकर्ताहरू बल्खु चोकमा जम्मा हुन थालेका छन्। पार्टीको बागमती प्रदेशस्तरीय सभा आयोजना गर्न प्रशासनले बल्खु क्षेत्र तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुरलगायत स्थानबाट राप्रपाका नेता र कार्यकर्ताहरू बल्खुमा आइपुगेका हुन्।

आमसभामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। सभाको सञ्चालन दिउँसो १२ बजेबाट हुने भएकाले सहभागीहरूलाई साढे ११ बजेसम्म कार्यक्रमस्थलमा पुग्न राप्रपाले आग्रह गरेको छ। सुरक्षा दृष्टिकोणबाट, राप्रपाले स्वयंसेवकहरू परिचालन गरी प्रदर्शन र सभामा हुनसक्ने सम्भावित घुसपैठलाई नियन्त्रणमा राख्ने तयारी गरेको जनाएको छ। यसअघि फागुन १५ मा राजवंश समर्थकहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको थियो। आजको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा रणनीति बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।