नेकपा एमालेले गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा आयोजना
काठमाडौँ । नेकपा एमालेले गणतन्त्रको पक्षमा सचेतना फैलाउन प्रदेशस्तरीय जागरण सभा आयोजना गर्दैछ। यसै क्रममा मंगलबारदेखि कर्णाली प्रदेशको सुर्खेतबाट सभा सुरु भएको छ।
यस सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल कर्णाली पुगेका छन्। यसअघि चैत ११ मा वडा र चैत १८ मा जिल्लास्तरीय जागरण सभा सम्पन्न भइसकेका छन्। आगामी चैत २९ मा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा, र चैत ३० मा कोशी र गण्डकी प्रदेशमा जागरण सभा आयोजना गरिनेछ।
त्यस सभामा अध्यक्ष र महासचिवले सम्बोधन गर्नेछन्। बागमती र मधेस प्रदेशका जागरण सभाको मिति भने अझै तय भएको छैन।









