नक्कली कागजात बनाएर वन फडानी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ
काठमाडौँ । कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर वन फडानी गरेको अभियोगमा सचिव छत्रराज तिमल्सेना पक्राउ परेका छन्।
तिमल्सेनाले नक्कली कागजात तयार गरी वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) बिक्री गर्ने अनुमति लिएर फडानी गरेका थिए। वन ऐन, २०७६ अनुसार रु दुई लाखभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ।









