नेपाली बजारमा सुनको मूल्य कति घट्यो ?
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँमा झरेको हो।
यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।









