image
image

महिला लघुवित्तको शेयर मूल्य छोटो अवधिभित्रै ३ हजार नाघ्यो, खुद नाफा ११२.६६ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६ करोड ४२ लाख ४३ हजार खुद नाफा गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले ११२ दशमलव ६६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड २ लाख २५ हजार यो नाफा गरेको थियोे ।

यस वर्ष सञ्चालन नाफा भने करिब १५० प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ९२ लाख ४६ हजार यो नाफा गरेको हो । 

गत माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै शेयरमूल्य निरन्तर उच्च दरमा बढेर रू. ३ हजार १२५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।