विद्युतीय धरापमा परेर बालिकाको मृत्यु
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु विद्युत् धरापमा परेर भएको छ। जङ्गली जनावरबाट मकैबाली जोगाउन राखिएको विद्युत् धरापमा घाँस काट्न गएकी गुलसना करेन्ट लागेर घाइते भएकी थिइन्।
गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा हालेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ।









