आफ्नै छोरा रक्षात्मक उद्देश्यले आमा माथि गोली प्रहार
काठमाडौँ । अमेरिकाको मेन राज्यमा एक दुःखद घटना घटेको छ, जहाँ एक छोराले आफ्नी आमाको गोली हानी हत्या गरेका छन्।
घटनामा अन्य एक महिलाको पनि मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ। पुलिसका अनुसार, २९ वर्षीय जेम्स डेभिस तृतीयले आफ्नी ५३ वर्षीया आमा क्रिष्टिन स्मिथलाई गोली हानेका थिए। घटनाको समयमा स्मिथ कार चलाइरहेकी थिइन्। गोली चलाएपछि डेभिसले सडकमा अन्य सवारी साधनमाथि पनि गोली प्रहार गरेका थिए, जसमा ५३ वर्षीया क्याथरिन विलियम्स घाइते भइ अस्पताल पुर्याउँदासम्म मृत्यु भएको थियो।
यस घटनामा १९ वर्षका युवक र ३५ वर्षीय पुरुष पनि घाइते भएका छन्, जसको अवस्था गम्भीर नभएको प्रहरीले जनाएको छ। घटनापछि डेभिसले आफैँमाथि पनि गोली हानेका थिए र उनको मृत्यु भएको छ। पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









