image
image
​टीकापुरमा अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र निर्माण हुँदै

​टीकापुरमा अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र निर्माण हुँदै

काठमाडौँ । ​​ ​कैलाली जिल्लाको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ। टीकापुर–१ वनगाउँस्थित सरस्वती माविमा निर्माण गरिएको ५० बालबालिका अट्ने उक्त केन्द्रमा यस वर्ष नयाँ शैक्षिक सत्रदेखि ४० विद्यार्थीलाई राख्ने तयारी गरिएको छ। यसका लागि रु २० लाखको बजेट व्यवस्था गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिए। ​

अभिभावकविहीन बालबालिकाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको यस केन्द्रमा पालिकाभित्र स्थायी बसोबास भएका १६ वर्षमुनिका बालबालिकालाई भर्ना लिइनेछ। हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन्। सरस्वती माविका प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ अनुसार नयाँ विद्यार्थी भर्ना प्रक्रिया अघि बढाइएको छ। ​

जनप्रकाश आधारभूत विद्यालय टीकापुर–४ का प्रधानाध्यापक रघुनाथ उपाध्यायले सरकारले अभिभावकविहीन बालबालिकाको संरक्षणको जिम्मेवारी लिएकोमा सकारात्मक प्रतिक्रिया जनाउँदै यसले बालबालिकाको शिक्षा, पोषण र सुरक्षामा मद्दत पुग्ने बताए। अभिभावक विमला चौधरीले पालिकाले संरक्षण केन्द्र स्थापना गरेमा अभिभावक नभएका छोरीहरूको सुरक्षा सुनिश्चित हुने र उनीहरूको अधिकार सुरक्षित हुने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।