image
image
​काँकडभिट्टा नाका मार्फत हालसम्म कृषिजन्य वस्तुको निर्यात रकम ११ अर्ब रुपैयाँभन्दा बढी

​काँकडभिट्टा नाका मार्फत हालसम्म कृषिजन्य वस्तुको निर्यात रकम ११ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौँ । ​​काँकडभिट्टा स्थित प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्ब ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ। निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ र भेनियर, अदुवा, अम्लिसो आदि पर्दछन्।

यस अवधिमा सबैभन्दा बढी चिया (रु ८ अर्ब २० करोड ९६ लाख), अलैँची (रु ५ अर्ब २४ करोड ४० लाख), र प्लाइ तथा भेनियर (रु २ अर्ब ७३ करोड ६३ लाख) निर्यात भएका छन्। त्यस्तै, अदुवा (रु २६ करोड ६३ लाख), अम्लिसो (रु ७६ करोड ९७ लाख), बन्दा (रु ८ करोड १७ लाख), जडीबुटी (रु ४ करोड २६ लाख), र मसुरो दाल (रु ४ करोड) पनि निर्यात भएका छन्।

यस अवधिमा कृषिजन्य वस्तुहरूको आयात पनि भएको छ, जसमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै, पशु दाना आदि समावेश छन्। आयात हुने मुख्य वस्तुहरूको मूल्य यस प्रकार छ: कोदो (रु १३ करोड १७ लाख १२ हजार), चामल (रु ४ करोड ९७ लाख), ताजा तरकारी (रु २८ करोड ८७ लाख), ताजा फलफूल (रु २६ करोड ३७ लाख), लसुन (रु ६२ करोड ४६ लाख), र आलु (रु २८ करोड ९१ लाख)। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।