image
image
अपहरणमा परेकी सात वर्षीया बालिका कोशी ब्यारेज ढोकाबाट सकुशल उद्धार

अपहरणमा परेकी सात वर्षीया बालिका कोशी ब्यारेज ढोकाबाट सकुशल उद्धार

काठमाडौँ ।सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिका ईशु सदा कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुलमाथिबाट सकुशल उद्धार गरिएको छ। बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्दै गरेकी बालिकालाई अपरिचित व्यक्तिले सिटी सफारीमा चढाएर कोशी ब्यारेजमा लगेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, २४ घण्टाभित्र बालिकालाई उद्धार गरी एक जनालाई पक्राउ गरिएको हो। ​

अपहरणमा संलग्न आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जितेन्द्र साहलाई पक्राउ गरिएको छ। भारतको रानीगञ्ज बस्ने साह र ईसु सदा परिवारका बीचमा चिनजान रहेको र उनले बालिकालाई फ्रुटी दिएर सिटी सफारीमा चढाएर लगेको डीएसपी खतिवडाले बताए। साह भारतमा नक्कली मदिराको कारोबारमा पनि संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। ​ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।