बैंककमा जारी बिम्सटेक शिखर सम्मेलनमा नेपालका प्रतिनिधि आज
काठमाडौँ । बङ्गालको खाडीमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि गठित बिम्सटेकको छैटौँ शिखर सम्मेलन हालै थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोहमा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूचीको प्रस्तुति गरिएको थियो।
सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले सहभागी प्रतिनिधिमण्डलका नेताहरूलाई स्वागत गरे। आजको कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनमा 'बिम्सटेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन'मा हस्ताक्षरपछि सदस्य मुलुकका प्रधानमन्त्री र प्रतिनिधिमण्डलका नेताहरूले सम्बोधन गर्नेछन्।









