बालेन्द्र शाहसँग राज्यसत्तासँग द्वन्द्वमा उत्रिनु उपयुक्त नहुने :डा. चन्द्र भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्यसत्तासँग द्वन्द्वमा उत्रिनु उपयुक्त नहुने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ!' यसअघि पनि सांसद भण्डारीले मेयर शाहलाई काम गर्न दिनुपर्ने र राज्यले प्रतिशोधको भावना नराख्नुपर्नेमा जोड दिएका थिए।









