image
image
महालक्ष्मीविकास बैंक ग्राहक केन्द्रित बैंंकको रुपमा  अन्तराष्ट्रिय  अवार्डबाट सम्मानित

महालक्ष्मीविकास बैंक ग्राहक केन्द्रित बैंंकको रुपमा  अन्तराष्ट्रिय  अवार्डबाट सम्मानित

 

 काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज डिजिटल बैंकिङ्ग सुविधाउपलब्ध गराइरहेको महालक्ष्मीविकास बैंक भारतको प्रतिष्ठित म्यागजिन“विजनेश कनेक्ट” द्धारा ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

निरन्तर रुपमाग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भुमिकाको मुल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।

विजनेश कनेक्ट म्यागजिन व्यवसाय सँग सम्बन्धित विभिन्न नव प्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ । यस सम्मानको प्राप्ती सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ्ग प्रणाली भित्रल्याउन सकिने तथा अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापितगर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।