image
image

लगातार तिन दिन स्थिर रहेको अमेरिकी डलरको भाउ बढ्याे, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । लगातार तिन दिन स्थिर रहेको अमेरिकी डलरको कारोबार भाउ आज ०४ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम गरिएको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा तोकिएको थियो । 

आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ०८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसाले बढेको छ । यसअघि बुधबार एक युरोको खरिदमूल्य १४७ रूपैयाँ २१ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ८५ पैसा तोकीएको थियो ।    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ३० पैसा र बिक्रीमा ९५ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३७ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७६ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।