अमेरिकाले फिलिपिन्सलाई २० थान एफ–१६ फाइटर जेट बिक्री गर्ने योजना
काठमाडौं । अमेरिकाले फिलिपिन्सलाई २० थान एफ–१६ फाइटर जेट बिक्री गर्ने योजना बनाएको छ। यस विमान बिक्रीलाई अमेरिकाले स्वीकृति दिएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले चीनको आक्रामकताको जवाफ दिने प्रतिवद्धता जनाएपछि केही दिनमै यो समाचार सार्वजनिक भएको हो। अमेरिकी रक्षा सुरक्षा सहकार्य एजेन्सी (डीएससीए)ले एफ–१६ को प्रस्तावित बिक्रीको घोषणा गर्दै फिलिपिन्सले यसमा लगभग ५ अर्ब ५८ करोड डलर खर्च गर्ने जनाएको छ। यस बिक्रीले रणनीतिक साझेदारको सुरक्षा सुदृढ गर्न मद्दत गर्ने र अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षालाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। रक्षा मन्त्रीको रूपमा आफ्नो पहिलो एसिया भ्रमणका क्रममा हेग्सेथ केही दिनअघि फिलिपिन्सको भ्रमणमा आएका थिए।
बुधवार चीनले मनिलालाई यो सम्झौताबारे चेतावनी दिएको थियो।









