image
image
​सुदूरपश्चिम प्रदेशमा गठबन्धन दलहरूबीच छलफल

​सुदूरपश्चिम प्रदेशमा गठबन्धन दलहरूबीच छलफल

काठमाडौं ।​ ​सुदूरपश्चिम प्रदेशसभामा जारी अवरोध हटाउन सत्तारुढ गठबन्धन दलहरूले छलफल गरेका छन्। बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने र सरकारले पर्याप्त मात्रामा व्यवसाय (बिजनेस) प्रस्तुत गर्नुपर्ने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताएका छन्। ​

यसैबीच, सभामुख भीमबहादुर भण्डारीले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक सत्तापक्षका सदस्यहरूको अनुपस्थितिका कारण बस्न सकेन। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार, प्रतिपक्षी दलका सदस्यहरू बैठकमा उपस्थित थिए। प्रतिपक्षी दलहरूले फजुल खर्च कटौती, राजनीतिक नियुक्ति र सुशासनका माग गर्दै प्रदेशसभामा अवरोध जारी राखेका छन्। ​

यस्ता विषयमा सहमति कायम गर्न पटकपटक बैठक बसेपनि निष्कर्षमा पुग्न सकेको छैन। सोमबार बसेको सर्वदलीय बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो। ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।