image
image
लोसपा नेपालले स्थानीय तहको अधिवेशनको म्याद दोस्रोपटक थप

लोसपा नेपालले स्थानीय तहको अधिवेशनको म्याद दोस्रोपटक थप

काठमाडौं । ​लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले महाधिवेशनको तयारीका क्रममा स्थानीय तहको अधिवेशनको म्याद दोस्रोपटक थप गरेको छ। आजको पार्टी सचिवालय बैठकले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरेको हो। यसअघि, चैत १७ गतेभित्र अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरिएको थियो, तर तोकिएको समयमा अधिवेशन सम्पन्न नभएपछि म्याद थप गरिएको हो।

यसअघि पनि चैत ७ गतेभित्र अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरिएको थियो, जुन समयसीमामा पनि अधिवेशन सम्पन्न नभएपछि चैत १७ गतेभित्र सम्पन्न गर्न भनिएको थियो। यो समयसीमामा पनि अधिवेशन सम्पन्न नहुने भएपछि चैत मसान्तको समय थपिएको पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए। स्थानीय, जिल्ला तथा प्रदेशको अधिवेशन सम्पन्न गर्न ढिलाइ हुने देखिएकाले वैशाख २६ गते हुने पार्टीको महाधिवेशन पनि सर्ने सम्भावना बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।