दुर्गा प्रसाईंलाई गुन्डा नाइके ; मीनबहादुर गुरुङ
काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा प्रहार गरेर नेपालमा राजतन्त्र फर्काउन नसकिने बताएका छन्। आज (बुधबार) कोटेश्वर भाटभटेनी सुपरमार्केटमा आयोजित कर्मचारी सम्मान कार्यक्रममा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनलाई असफल र अराजक भन्दै गुन्डा नाइकेको संज्ञा दिएका छन्।
गुरुङले भने, 'हामीले बर्सेनि कर तिर्छौँ सरकारलाई। हाम्रो करबाट सरकारले सुरक्षामा खर्च गर्छ। तर, हामीलाई सुरक्षा खोइ? हाम्रो दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ?' उनले राज्यले प्रसाईंलाई संरक्षण दिएकोमा असन्तुष्टि जनाउँदै भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर संविधान मेट्न नसकिने ठोकुवा गरे।









