बढ्यो श्रमिकको आधारभूत पारिश्रमिक
काठमाडौं १८ वैशाख। १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ ।सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो ।
श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गरेका छन् ।प्रधानमन्त्रीले अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।
त्यस्तै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने बताए । हाल प्रतिघण्टा ६९ रुपैयाँमा पईरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउने भएका छन् । यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ ।