बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ बजे
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ।
यसअघि बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मंगलबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। सभामुख भुवनकुमार पाठकले दलहरूसँग छलफल गर्दै बैठक सञ्चालनका लागि प्रयास गरिरहेका छन्।
सरकार पक्ष र प्रतिपक्ष दलबिच छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेकाले आज पुनः संयुक्त छलफल राखिएको सभामुख पाठकले बताए । बैठकमा बजेट संशोधनसम्बन्धी विधेयकहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ।









