मदिरा सेवन गरी कार्यालयमा झगडा गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ
काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले मदिरा सेवन गरी कार्यालयमा झगडा गरेका छन्। उपमेयर पाण्डेले सम्झाउन खोज्दा पनि आचार्यले उदण्ड व्यवहार जारी राखेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएपछि नगर अस्पतालमा मापसे परीक्षण गर्दा आचार्यले मदिरा सेवन गरेको पुष्टि भए पनि गौतम र भण्डारीले मदिरा सेवन गरेको नदेखिएको अस्पतालको रिपोर्टमा उल्लेख छ।
आचार्य आगामी वैशाख १४ गते अनिवार्य अवकाशमा जाँदैछन्।









