हितेन्द्रदेव शाक्यद्वारा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरिएको रिट निवेदनको सुनुवाइ अझै सम्पन्न भएको छैन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेकी इजलासमा हाल कुलमान घिसिङको रिटमाथि सुनुवाइ भइरहेको छ, जसपछि हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सुरु हुनेछ। आजको पेसीमा ४२ वटा मुद्दा तोकिएका थिए, जसमा ३४ मुद्दाको पेसी 'हेर्न नभ्याइने'मा पठाइएको छ,बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।









