भारतको गुजरात राज्यमा पटका बनाउने कारखानामा भएको विस्फोटमा मृतक संख्या १८ पुग्यो
काठमाडौँ । भारतको गुजरात राज्यको बनासकांठा जिल्लामा रहेको एक पटका कारखानामा ब्वायलर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै कारखानाका मजदुर रहेको जनाइएको छ।
अरू ८ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घटना डीसाको धुनवा रोडस्थित दीपक ट्रेडर्स नामक कारखानामा भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, कारखानामा आगलागी ब्वायलर विस्फोटका कारण भएको थियो। मृतकहरूको पहिचान र थप अनुसन्धान जारी रहेको छ।









