सरकारले राजावादी समूहद्वारा हालैको प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई अपिल
काठमाडौँ । सरकारले राजावादी समूहद्वारा आयोजित अराजक प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई अपिल गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गर्दै, यस्तो गतिविधिमा सहभागी नहुन आग्रह गरेको हो।
बैठकले घाइतेहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको र घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आदेश दिएको पनि जनाइएको छ।









