आगामी छैटौं शिखर सम्मेलनको लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
काठमाडौं । बिम्स्टेक (बे एन्ग्ला-बे इन्शियटिभ फॉर मल्टि-सेक्टोरल टेक्निकल एण्ड इकोनमिक को-अपरेशन) को आगामी छैटौं शिखर सम्मेलनमा सहभागिता जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चेम्बर अफ कमर्सका पदाधिकारीहरूको टोली थाइल्याण्ड प्रस्थान गरेका छन्।
थाईल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय व्यापार सहजीकरण, पर्यटन प्रबर्द्धन, लगानी अभिवृद्धिलगायतका विषयमा समझदारी एवं सम्झौता हुने चेम्बर अफ कमर्सले जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा छुट्टै सम्झौताको तयारीसमेत भएको छ नेपाल र थाईल्याण्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रबर्द्धन गर्दै संयुक्त रुपमा बजार प्रर्बद्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ ।









