ग्यास पाइप फुटेर भीषण आगलागी ; क्वालालम्पुर
काठमाडौँ । मलेसियाको क्वालालम्पुर उपनगरमा मंगलबार बिहान ग्यास पाइपलाइन विस्फोट हुँदा भीषण आगलागी भएको छ। यस घटनामा ३३ जना घाइते भएका छन्, जसमा ६ जनालाई अस्पताल लगिएको छ।
बिहान ८ः१० बजे यसको एउटा ग्यास पाइपलाइनमा विस्फोट भएपछि आगलागी भएको राष्ट्रिय तेल कम्पनी पेट्रोनासले एक विज्ञप्तिमा भनेको छ । आगोका कारण वरपरका क्षेत्रका घरहरू खाली गर्नुपरेको थियो। घटनास्थलमा रहेका अग्निनियन्त्रकहरूले पाइपलाइन फुटेका कारण आगलागी भएको बताएका छन्। आगो र धुवाँका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। घटनाबारे छानबिन जारी रहेको छ।









