image
image
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौँ । डोटी, सिराहा र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

डोटी: दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित सडकमा दिपायलबाट आदर्शतर्फ जाँदै गरेको बोलेरोबाट खसेर सोही नगरपालिका-२ कुचेडा बस्ने ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको सोमबार साँझ मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई शैलेश्वरी अस्पताल दिपायलमा उपचारका क्रममा मृत घोषणा गरिएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहा: धनगढीमाई नगरपालिका-११ स्थित सडकमा धनगढीबाट शान्तिपुरतर्फ जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट ४० वर्षीया वविता यादवको सोमबार राति मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनलाई आरके मेडिसिटी अस्पताल सिराहामा उपचारका क्रममा मृत घोषणा गरिएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली: बर्दगोरिया गाउँपालिका-२ दोघरास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २४ वर्षीय अनिष चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई बर्दगोरिया अस्पताल प्रालि बौनियामा उपचारका क्रममा मृत घोषणा गरिएको हो। मोटरसाइकलमा सवार अर्का व्यक्तिको उपचार जारी छ।

प्रहरीले यी दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।