image
image
सेतो मच्छिन्द्रनाथको नयाँ रथ निर्माण प्रक्रिया सुरु

सेतो मच्छिन्द्रनाथको नयाँ रथ निर्माण प्रक्रिया सुरु

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथ निर्माण कार्य तीनधारा पाठशाला अगाडि सुरु भएको छ। आउँदो शनिबारदेखि शुरु हुन लागेको चैते दसैंको अवसरमा सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारीस्वरूप यो निर्माण प्रक्रिया अघि बढाइएको हो।​

परम्पराअनुसार, केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ। यसपछि रथयात्रा सुरु हुन्छ।​

जात्राको पहिलो दिन जमलदेखि असन, दोस्रो दिन असनदेखि हनुमान ढोका, र तेस्रो दिन लगनसम्म रथ पुर्‍याइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।