image
image
लागुऔषध तस्करी गर्ने एक व्यक्तिले प्रहरीको पेस्तोल लुटेको घटना ; ​मकवानपुर

लागुऔषध तस्करी गर्ने एक व्यक्तिले प्रहरीको पेस्तोल लुटेको घटना ; ​मकवानपुर

काठमाडौँ ।​मकवानपुरको कैलास गाउँपालिका–१ स्थित बोल्ने लेकको जङ्गलमा प्रहरीको पेस्तोल फेला परेको छ। यसअघि सोमबार दुम्सीखर्क जङ्गलमा अपरेशनमा गएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटिएको थियो। प्रहरीले लुटिएको टाइप–५४ पेस्तोल फेला पारेपछि, यस लुटमा संलग्न व्यक्तिहरुको खोजी जारी रहेको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिएका छन्।

आरोपीहरूको खोजीमा ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङ स्थित इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।