बाटो नै बन्द गरेर मतदान जारी :त्रिचन्द्र कलेज
काठमाडौँ । त्रिचन्द्र कलेजमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आयोजना गर्न तयारी भइरहेको छ।
यसअघि विभिन्न विवादका कारण निर्वाचन स्थगित भएको थियो। तर, मंगलबार मतदान भइरहेको छ। मतदानका क्रममा कलेज नजिकको सडक खण्ड बन्द गरिएको छ, जसका कारण रत्नपार्क क्षेत्रमा ट्राफिक चाप बढेको छ। सडक बन्द भएपछि मानिसहरू हिँडेर गन्तव्यतर्फ गइरहेका छन्।
उम्मेदवारका समर्थक र सहयोगीहरू सडकमा नारा लगाउँदै र भोट माग्दै उपस्थित छन्।









