image
image
​नेकपा विप्लव समूहले निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउन तीन सदस्यीय कार्यदल गठन

​नेकपा विप्लव समूहले निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउन तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ । ​विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गर्दैछ। यसक्रममा, सोमबार काठमाडौंमा सम्पन्न पोलिटब्युरो बैठकले स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। यस कार्यदलले आयोगमा दर्ता भएका दलहरूको अध्ययन गरी नयाँ दल दर्ता गर्ने वा पहिलेका नाममध्ये कुनै एक चयन गर्ने विषयमा निर्णय गर्नेछ। ​

यसअघि, माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डसँग विप्लव समूहका नेताहरूले भेटवार्ता गरेका थिए, जसमा आगामी चुनावमा एकताबद्ध रूपमा जान सकिने विषयमा अनौपचारिक छलफल भएको थियो। तर, हालसम्म यसबारे औपचारिक निर्णय भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।