image
image
​बिपी राजमार्गको वैकल्पिक सडक निर्माणको प्रक्रिया सुरु

​बिपी राजमार्गको वैकल्पिक सडक निर्माणको प्रक्रिया सुरु

​काठमाडौँ। गत असोजको दोस्रो सातामा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त भएको बिपी राजमार्गमा अहिले खोलाको बगरलाई आधार बनाएर वैकल्पिक सडक  काभ्रेपलाञ्चोकको निर्माण गर्ने क्रममा छ ।मोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्मको खण्डमा यो वैकल्पिक सडक सञ्चालनमा छ।​

बर्खायाम नजिकिँदै गर्दा सवारी सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले सडक डिभिजन कार्यालय भक्तपुरले खोलाको सतहभन्दा माथि उठेर वैकल्पिक सडक निर्माण गरिरहेको छ। यसका लागि चौकीडाँडास्थित क्षतिग्रस्त खण्डमा खोलाको धार परिवर्तन गरी सडकको उचाइ बढाउने काम भइरहेको छ।​

दीर्घकालीन पक्की सडक निर्माणका लागि ठेक्का प्रक्रिया जारी रहेको भए पनि हालको आवश्यकता अनुसार तत्कालका लागि खोलाको बगरमा सवारी सञ्चालन गर्न सकिने बाटो बनाइएको छ। भक्तपुर सडक डिभिजनका इन्जिनियर दुर्गाप्रसादका अनुसार, बाढीले प्रभावित आठ किलोमिटर सडक क्षेत्रमा खोलाको धार परिवर्तन र सडक उचाइ वृद्धि गरेर काम अघि बढाइएको छ।​

अहिलेसम्म मङ्गलटार नजिकैका बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको छ भने, माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ। सडक डिभिजन कार्यालयका अनुसार, आगामी वैशाखभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसरी वैकल्पिक सडक निर्माण सम्पन्न भएमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारी सञ्चालन सहज हुने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।