झलनाथ खनालले पावर पर्चेज एग्रीमेन्ट (PPA) मा ८ अर्ब रुपैयाँको अनियमित लेनदेन भइरहेको आरोप लगाए
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालै देशभर भ्रष्टाचारको स्तर बढेको आरोप लगाएका छन्। उनका अनुसार, सरकारी निकायहरूमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको छ। यसैक्रममा, उनले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलाई पनि भ्रष्टाचारको उदाहरणको रूपमा प्रस्तुत गरेका छन्। खनालका अनुसार, हाल जलविद्युत् आयोजनासँग सम्बन्धित पावर पर्चेज एग्रीमेन्ट (PPA) प्रक्रियामा ६ देखि ८ अर्ब रुपैयाँको लेनदेन भइरहेको छ।









