भारतमा एकैदिन ३५ सय बढी संक्रमितको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३५ सय २२ जनाको मृत्यु भएको छ । दुई लाख ११ हजार ८३५ जना कुल संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा चार लाख दुई हजार ११० जना संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ रहेको छ।









