तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको छानबिनका लागि सरकारसँग माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग बनाउनु आवश्यक रहेको बताएका हुन्। यसैगरी, उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई प्रश्न गर्दै भने, 'तपाईंहरू आन्दोलन नगरी, मान्छे नमारी यहाँसम्म आइपुग्नु भएको हो?' अध्यक्ष लिङ्देनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई शहीद घोषणा गर्न र १५ गतेको आन्दोलनमा राज्यले गरेको ज्यादतीको पनि छानबिन गर्नुपर्ने बताए।









